Need Help ?
Call: +977- 056520151

जि. शि. अ.

गोविन्द प्रसाद अर्याल

देश विकास  दक्ष र सक्षम जनशक्ति बिना असम्भव छ । दक्ष र सक्षम जनशक्तिको उत्पादन गर्न गुणस्तरीय शिक्षा सुनिश्चितताको आवस्यकता पर्दछ ।  राष्टको आवस्यकता, उद्यश्य अनुसार  विद्यालय उमेरका सवै वालवालिकालाई औपचारिक शिक्षा, विद्यालय उमेरमा औपचारिक शिक्षाबाट बञ्चित भएका बयस्कलाई अनौपचारिक  शिक्षा दिन चितवन जिल्ला शिक्षा कार्यालय योजनावद्ध तरिकाले लागेको छ । गत बर्षनै स्थानीय निकाय, राजनितिक दल, नगरिक समाज समेतको अगुवाइमा चितवन जिल्लाका १६  गा वि स र भरतपुरको वडानं ६ मा विद्यालय उमेरका सबै वालवालिकालाई शिक्षाको पहुँच पुगेकाे भनि निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा लागु भएको घोषणा गरि सकिएको छ । यस बर्ष भर्ना अभियान मार्फत विद्यालय उमेरका तर विद्यालय जान नपाएका वालवालिका खोजी खोजी विद्यालयमा भर्ना गर्ने, टिकाउने र शैक्षिक उपलव्धि राम्रो पार्ने कार्यलाई सफल पार्न जिल्ला शिक्षा कार्यालय प्रतिवद्ध छ । त्यस्तै साक्षर चितवन हाम्रो गौरव, जान्नेले नजान्नेलाई सिकाऔं साक्षर चितवन अभियान समफल पारौ, पुस्तक पढ्ने बानि बसालौ, पठन संस्कृतिको विकास गरौं, जस्ता नराका साथ साक्षरता र निरन्तर शिक्षालाई अगाढि बढाइरहेको छ ।   आ व २०७०।०७१ मा चितवन जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरी नव साक्षरहरुलाइ साक्षरोत्तर कक्षा संचालनमा ल्याइएको छ ।  अहिले विद्यालयमा पढ्दै गरेका वालवालिकालाई भोलिको बजारमा बिक्न सक्ने  बनाउनकोलागि शिक्षामा सूचना प्रविधिलाई भित्राउन  तथा सूचना प्रविधिमा वालवालिकाको पहुँच सुनिश्चित गर्न पनि जिल्ला शिक्षा कार्यालय चितवनले विभिन्न प्रयास गर्दै आएको छ । यी लगाएत जिल्ला शिक्षा कार्यकलयले गर्दै आएका  सवै  प्रयास र अभियानमा सवैबाट सहयोग पनि भै रहेको छ अझै  यी प्रयासमा सहयोग बढाइ दिन हुन सवैमा हार्दिक अनुरोध गर्दछु ।